Friday, 13 June 2014

HindustanTimes Wed,19 Dec 2012

East IndiaNEWSRssFeedWest Bengal Actress jumps 120 ft for Indo-Nepal film

Amitava Banerjee, Hindustan Times

Darjeeling, April 23, 2008Email to Author
First Published: 02:40 IST(23/4/2008)Last Updated: 02:46 IST(23/4/2008)

       Rooshma Rai packs material not for those wit a weak heart. At 26, she can make some of the best stuntmen in Bollywood turn green. Packing equal quantities of both beauty and fearlessness, Rai is the first lead actress-cum-stuntwoman of the Nepali film industry. Recently she jumped off a helicopterfrom a height of 120 feet — without a safety rope or even a safety net.Rai performed the feat while shooting for the film Mission-Love in Sikkim, the director mentioned a scene to Rai where the lead actress keeps air surveillance from a chopper and jumps on a group of criminals, she had been tracking from the air.“When i heard about the scene, I immediately said I didn’t need a stunt woman. I would do it myself. He asked me if I was sure and even said he would do away with it if I wasn’t comfortable enough,” says Rai. That time, the jump was from a 50-feet height from the helicopter.The scene was shot in Chaubar, Nepal. “The helicopter was kept at 50 feet but due to the short distance and the resulting dust kicked up by the chopper, I insisted that it be taken up to a greater height.Finally when everything looked fine, the elevation was 120 feet. Without giving it a second thought, I jumped out wielding a handgun and miraculously survived the fall with only a sprained ankle and a small cut on my mouth,” says Rai.Rai jumped on a heap of cardboard boxes. “I was holding a gun and somehow the idea of a safety rope did not go well with the scene and so I jumped out minus the rope,” she says.Born in the Goambustee village near Namchi in Sikkim, Rai along with her parents and elder brother moved to Gangtok later. Fearlessness has always been her forte. “I tell myself death is inevitable. Except God, I don’t fear anything,” she adds. The film will be premiered in Sikkim next month.

अन्तहीन संघर्षमा नारीवादी आन्दोलन

---रूष्मा राई-----

नारी जातिमाथि भइरहने उत्पीड़न, शोषण वर्त्तमान समयमा मात्र नभएर यो पौराणिककालदेखिनै हुँदै आएको हो। त्रेतायुगको कुरा गर्ने हो भने उबेलामा पनि नारीमाथि अन्याय भएको उदाहरण स्पष्ट रूपमा पाइन्छ। त्रेतायुगमा राजा रामचन्द्रले एउटा धोबीको कुरा सुनेर आफ्नै धर्मपत्नी सीताजीलाई उसको चरित्रमाथि शंका गरेर अग्नि परीक्षामा बस्न मानसिक दबाउ दिएर बाध्य बनाएका थिए। पुरूषप्रधान समाज उसै बेलादेखि महिलाहरूमाथि आफ्नो हक जमाउने क्रममा सक्रिय भएको यसैबाट बुझ्न सकिन्छ। नारीमाथि आधिपत्य जमाउँदै पुरूषप्रधान समाज आफ्नो दिशामा शक्तिशाली, विकसित र स्वतन्त्र भएर अघि बढ़दै गयो। एउटा सबल समाज निमार्णमा पुरूषकै बराबरीमा महिलाको भूमिका धेरै नै महत्वपूर्ण भए तापनि समाजमा त्यसको कुनै मोल हुनसकेन। उहिले कै कुरा गर्नु हो भने उमेर पाकिसकेका आमा-बज्यैहरूबाट सुन्न सकिन्छ। छोरीहरूलाई पढ़न नदिने बाहितिर कुनै राम्रा कार्यक्रमतिर भाग लिन नदिने एउटा परम्परा नै थियो। यस्ता विषयहरूमा अहिले यस्तो रीति चलिरहेको छ। समाजमा पुरूषप्रधान व्यवस्था विरूद्धमा आवाज उठाउने चेतना नारीहरूमा खुल्न गाह्रो भएको थियो। यस्तो रीतिको विरूद्धमा चेतना जगाउने काममा नारीहरू नै वाधा भएर नारी नारीकै स्वतन्त्रताको विरोधमा खड़ा भएको हुनाले पुरूषप्रधान समाजले आधिपत्य जमाउनलाई मौका पायो। 
तर विस्तारै नारी समाजमा पनि शिक्षाको किरण पर्न थालेपछि आफूमाथि भएको उत्पीड़न र शोषण विरूद्ध आवाज उठ्न शुरू भयो। यसरी शिक्षाको स्वतन्त्रताका लागि नारी मुक्ति आन्दोलन चल्न थाल्यो। यस्तो आन्दोलन विश्वव्यापी रूपमा शुरू भएको एक शताब्दी पुग्न लागेको छ। विश्वका विभिन्न देशहरूमा नारीवादी संगठनहरूले यस्तो आन्दोलन चलाइरहेको छ। समाज समान रूपमा आधुनिक युगको दिशातर्फ कुदिरहेको भए तापनि पुरूषप्रधान समाजमा समान अधिकारको लागि नारी स्वतन्त्रता आन्दोलनलाई अघि बढ़ाउँदै नारीवादी महिलाहरू धेरै शिक्षित भएर उच्च ओहोदामा पुगिसकेका छन्। यसका साथै अन्य विभिन्न क्षेत्रहरू जस्तै राजनीति, शिक्षा, साहित्य, समाज, खेलकूद, संगीत, चलचित्र इत्यादिमा नेतृत्व समेत दिन सफल भइसकेका छन्। यसलाई हेर्दा महिलाहरूको स्थिति आजको समाजमा दह्रिलो देखिन्छ। बाहिरी रूपमा स्थिति दह्रिलो देखिने भए तापनि महिलाहरूमाथि हुने उत्पीड़न शोषण घट्नुको बदलीमा अझ बढ़दै गएको छ। महिलाहरूका बीचमा आपसी एकता अत्यन्तै गतिलो हुनु नै यसका मूलकारण हुन्। 
अहिले बढ़दै गइरहेको पुञ्जीवादी समाजमा महिलाहरूलाई प्रत्येक कुराहरूमा एउटा वस्तुको रूपमा हेरिन्छ। वर्त्तमान पुञ्जीवादी समाजमा छोरी चेली बेच-विखन दिन प्रतिदिन बढ़दैछ यसलाई रोक्ने कोशिश जति गरिन्दैछ त्यो भन्दा धेरै नै बढ़ेर जॉंदैछ। आजको विकसित पुञ्जीवादी समाजमा यो सबैभन्दा घिनलाग्दो काम भइरहेको छ। आज छोरी चेली बिक्री गर्ने काम महिलाहरूकै जरियाबाट भइरहेकोछ। दिनहुँ जस्तै यस्ता घटनाहरू समाचारमा आइरहेको छ। ठूला महानगरहरूका रेडलाइट एरियामा छोरी चेली किनबेच गरेर वेश्यालयहरू चलाउने कोठाका मालिक्नीहरू महिलाहरू नै छन्। यस्ता धन्दा पुरूष र महिला दुवै मिलेर चलाइरहेका छन्। यस्ता घिनलाग्दो काममा महिलाहरू कै सक्रियताले गर्दा पुरूष समाजले फायदा उठाइरहेका छन्। महिलाले महिलाकै समस्या बुझ्ने कोशिशि नगरेका हुनाले गर्दा नै आज महिलाहरू शोषणका शिकार भइरहेका छन्। केही महिलाहरू यथार्थमा धेरै नै महत्वांक्षा राखेर चॉंड़ै सबै सुविधाका कुराहरू हासिल गर्न खोज्ने हुनाले आज नारीवाद खतरामा परेको छ।
महिला-महिला बीचको आपसी फितलो सम्बन्धले गर्दा नै आजसम्म पनि नारीवादको आन्दोलन पुरूषप्रधान समाजमा समान अधिकारको लागि चलिरहेको आन्दोलनले सफलता पाउन सकिरहेको छैन। यता सिक्किमकै सन्दर्भमा कुरा गर्ने हो भने अहिले हाम्रो आफ्नो यस राज्यमा 1994 सालदेखि सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) सरकारमा आएपछि नारीवादी आन्दोलनलाई नयॉं आयाम दिएको छ। आज सिक्किममा मुख्यमन्त्री पवन चामलिङले नारीहरूलाई राजनीतिमा आउनलाई नयॉं बाटो खोलिदिएका छन्। आज यहॉं प्रत्येक क्षेत्रमा नारीहरूले प्रतिनिधीत्व गर्ने मौका पाइरहेका छन्। समाजमा महिलाहरूले पनि नेतृत्व गर्न सकोस् भन्ने उद्देश्यले मुख्यमन्त्रीले महिलाहरूका लगि ग्राम पञ्चायतमा पचास प्रतिशत आसन आरक्षित राखिदिएका छन्। यसका साथै विधवाहरूलाई सहयोग, सुत्केरी भत्ता, बालिकाहरूलाई अध्ययनका लागि सहुलियत साथै अन्य धेरै महिला विकासमूलक योजनाहरू लिएर नारी आन्दोलनलाई सक्रिय बनाउनमा सहयोग पुर्याइरहेका छन्। तर आज मुख्यमन्त्रीले सकारात्मक रूपमा कोशिष गरिरहेको भए तापनि कतिपय नारीवादका विरोधीहरूका कारणले गर्दा घरि घरि नारी मुक्ति आन्दोलनमा वाधा परिरन्छ। मुख्यमन्त्रीको कोशिषले मात्र हुँदैन हामी सम्पूर्ण नारीहरू नै जागरूक हुनुपर्छ। आज पनि महिला महिला बीचमा आपसी प्रतिद्वन्द्वीता छ, एउटा महिलाले अर्को महिलाको सफलता हेर्न सक्दैनन्। एउटा अलिक माथि पुगेर सफलता पाए उसलाई बदनाम गराउने र खुट्टा तानेर तल झार्ने प्रवृत्तिमा परिवर्त्तन आउनु पर्छ। यस्तो प्रवृत्ति समाजबाट हराएको छैन। यस्तै प्रवृत्तिले गर्दा नै नारी उत्पीड़न र शोषणले बढ़वा पाइरहेको छ। यस्तै कारणहरूले गर्दा आजसम्म पनि नारीवादी आन्दोलन अन्तहीन संघर्षमा छ।
(23
फरवरी 2011 सालमा हिमालय दर्पणमा यो लेख प्रकाशित भएको थियो)

Video.Clip.......Actress jumps 120 ft for Indo-Nepal film Amitava Banerjee, Hindustan Times